
नेपालको संविधानले तीनै तहका सरकारको अधिकार सहितको कार्यविभाजन अनुसूचीमा व्यवस्था गरेकोमा लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन अनुसार मिति २०७८।०१।०६ मा ग्रामीण तथा सहरी विकास मन्त्रालयको स्थापना भएकोमा मिति २०७८।०५।१८ मा मन्त्रालयको नाम संशोधन भई पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको रुपमा, प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९।१०।२७ को निर्णयानुसार प्रदेश सरकार (कार्यविभाजन नियमावली), २०७९ बमोजिम नाम र कार्यक्षेत्र हेरफेर भई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको रुपमा, लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८०।०९।०६ को निर्णयानुसार सहरी विकास मन्त्रालयको रुपमा र लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८१।०१।०६ को निर्णयानुसार हाल सहरी विकास तथा खानेपानी मन्त्रालयको मातहतमा रही यस कार्यालयले कार्य सञ्चालन गर्दै आएको छ।यस कार्यालयको कार्यक्षेत्र लुम्बिनी प्रदेशका चार जिल्ला (नवलपरासी “बर्दघाट सुस्ता पश्चिम”, रुपन्देही, कपिलवस्तु र अर्घाखाँची) रहेको छ।यो कार्यालय हाल रुपन्देही जिल्लाको सिद्धार्थनगर न.पा. वडा नं.-५ भैरहवा अन्तर्गत हाटबजार क्षेत्रको नजिकमा अवस्थित छ। ...थप पढ्नुहोस